करेन्ट लागेर एक जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ भदौ ।
करेन्ट लागेर बुधवार सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–५ चिसापानीस्थित राजबहादुर गुरुङ्गको घरमा मिस्त्री काम गरिरहेका बेला करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा महोत्तरीको रानीरजवारा गाउँपालिका–४ का रविन्द्र ठाकुर रहेका छन् । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी श्यामसिंह चौधरीका अनुसार घटनाको आवश्यक अनुसधान थालिएको छ ।

प्रकाशित मितिः   २२ भाद्र २०७५, शुक्रबार १५:४६