सर्पको टोकाइबाट बालिकाको मृत्यु

सुर्खेत–सर्पको टोकाईबाट सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका ४ बरैचेकी ८ लक्ष्मी शाहीको मृत्यु भएको हो । शाहीलाई कोठामा सुतेको बेला सर्पले टोकेको थियो ।

उनलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । पछिल्लो समय सुर्खेतमा सर्पदंशका कारण ज्यान गुमाउनेको संख्या बृद्धि भएको छ ।

शाहीसहित पञ्चपुरीमा दुई जनाले सर्पको टोकाइबाट ज्यान गुमाइसकेका छन् । केही दिन पहिले पञ्चपुरी नगरपालिका–१० की १४ वर्षीय हरिकला उपाध्ययको सर्पको टोकाइ बाट मृत्यु भएको थियो ।

प्रकाशित मितिः   १६ भाद्र २०७५, शनिबार ११:३०