विकृति रोक्न अन्तरक्रिया

जगतदल जनाला बिक

पञ्चपुरी, १३ भदौ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १० मा सामाजिक विकृतिहरु नियन्त्रणका लागि अन्तरक्रिया गरिएको छ ।
खुल्ला रुपमा हुने मदिरा बिक्री वितरण, जुवा तास, बालबिवाह सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कैलाली जिल्लासँग जोडिएको उक्त वडामा नियम विपरीत खुला रुपमा मदिा बिक्री वितरण र अत्याधिक बालबिवाह हुने भएकाले सम्पुर्ण वडावासीलाई सचेतना गराउनका लागि कार्यक्रम गरिएको वडाका कार्यवाहक अध्यक्ष नैन सिह बिकले बताए ।
नगरपालिकाका कार्यवाहक प्रमुख खड्क थापाले यस्ता कार्यक्रम पञ्चपुरी नगरपालिकाका सबै वडामा गर्नुपर्नेमा जोड दिए । यस्तै इलाका प्रहरी कार्यलय बावियाचौरका प्रमुख शुशोभन श्रेष्ठले जनता र प्रहरीवीच समन्वय भएमा अपराधका साथै सामाजिक विकृतिहरु नियन्त्रण गर्न सकिने धारणा राखे । उनले समाजको हितमा हुने अपराध नियन्त्रण र जनचेतनामूलक कार्यक्रममा प्रहरीले सधै साथ दिने समेत बताए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बाबियाचौरका प्रमुख दीपक दाहल नगर सदस्य वडासदस्य लगायत दुई सय जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १४ भाद्र २०७५, बिहीबार १२:२५