तीन दिने प्रशिक्षण

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ भदौ ।
विपद्पूर्व तयारी र खोज तथा उद्दार सम्बन्धी तीन दिने तालिम सिम्ता गाउँपालिकाको जामुने बजारमा सम्पन्न भएको
छ । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित अनुकूलन परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो ।
तालिम सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीको अध्यक्षतामा उद्घाटन तथा उपाध्यक्ष चन्द्रकला शाहीको अध्यक्षतामा समापन भएको हो ।
उक्त गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको तीन दिने तालिममा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक बाबुुराम थापा लगायतका तीन जनाले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः   १४ भाद्र २०७५, बिहीबार १२:२३