वार्षिक कार्यक्रम समीक्षा
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ भदौ ।
सुन्दर नेपाल संस्था सुर्खेतले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको वार्षिक समीक्षा गरेको छ । संस्थाले मंगलवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी समीक्षा गरेको हो ।
कर्णाली र प्रदेश नम्बर सातलाई कार्यक्षेत्र बनाएको उक्त संस्थाले विभिन्न जिल्लामा करिब १४ वटा कार्यक्रम सञ्चालन गरेको थियो । विपन्न, गरीब, दलित समुदायको आर्थिक अवस्था सुदृढ र गरिबी निवारणका लागि संस्थाले काम गर्दै आएको संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले बताए । उनले समाजमा रहेका सामाजिक विसंगति अन्त्य तथा आय–आर्जनमा वृद्धि गर्ने लगायतका क्षेत्रमा संस्थाले काम गरेको बताए ।
जिल्लामा क्रियाशील विभिन्न गैर–सरकारी संस्थाहरूको सहकार्यमा सुन्दर नेपालले ग्रामीण बस्तीमा आय–आर्जन र जीविकोपार्जनका कार्यक्रम पु¥याएको छ ।
संस्थाबाट सञ्चालित कार्यक्रमहरूबाट कर्णाली र प्रदेश सातमा हजारौं सर्वसाधारणहरू लाभान्वित भएको जनाइएको छ । स्थानीय सरकारसँगको समन्वयमा सुन्दर नेपाल संस्थाले काम गर्दै आएको अध्यक्ष भुषालले जानकारी दिए ।
संस्थाले आगामी दिनमा कर्णालीका जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाए । समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी दुर्गाप्रसाद चालिसे, डिभिजन वन कार्यालयका प्रमुख हेमराज विष्ट लगायत जिल्लास्तरका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियो ।
साझा बिसौनी संवाददाता ।