दृष्टिविहीन क्रिकेट प्रतियोगिता हुने

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ भदौ ।
सुर्खेतमा दृष्टिविहीन क्रिकेट प्रतियोगिता हुने भएको छ । भदौ १६ गते सुर्खेतस्थित रङ्गशालामा एक दिवसीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ११ जना दृष्टिविहीन खेलाडीहरू राकमबाट र ११ जना रामघाटबाट गरी दुई टीम सहभागी हुने भएका छन् ।
पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा दृष्टिविहीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । संस्थाका संयोजक रमेश तुलाधरका अनुसार प्रतियोगतामा प्रथम हुने समूहलाई मेडलसहित प्रमाण–पत्र तथा द्वितीय हुने समूहलाई प्रमाण–पत्र प्रदान गरिनेछ । खेलाडीहरूका लागि सबै खर्च आयोजकले नै व्यहोर्ने जनाइएको छ ।
दृष्टिविहीनहरू पनि खेलकुदमा अब्बल हुन्छन् भन्ने सन्देश समाजमा पु¥याउन प्रतियोगिताको आयोजना गरिएको पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष उपेन्द्र खड्काले बताए । दृष्टिविहीन भएकाहरूको आत्मबल बढाउन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रकाशित मितिः   १३ भाद्र २०७५, बुधबार १६:०३