मन्त्रीद्वारा दैलेखका पर्यटकीयस्थल अवलोकन

साझा बिसौनी संवाददाता
दैलेख, १० भदौ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दैलेखका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन् । महावुधामको मेलामा सहभागी हुन दैलेख पुगेका मन्त्री बुढाले पर्यटकीय स्थलहरूको अवलोकन गर्दै सरकारले तिनको संरक्षण र प्रबद्र्धनमा ध्यान दिने प्रतिबद्धता जनाए ।
दैलेख जिल्ला ऐतिहासिक, पुराताŒिवक, साँस्कृतिक सम्पदा, प्राकृतिक स्रोत साधन एवम् पर्यटकीय क्षेत्रले भरिपूर्ण भएको उनको भनाइ थियो । दैलेख सदरमुकाममा रहेको कोतगढी नेपालकै ऐतिहासिक सम्पदा रहेको मन्त्री बुढाको भनाइ थियो । ‘मैले यस्तो गढी पहिलो पटक देखेको हुँ’ उनले भने, ‘यो कोतगढी दैलेखको मात्र नभइ समग्र कर्णाली प्रदेशका लागि महŒवपूर्ण छ ।’
यस्तै कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाले दैलेख जिल्ला ऐतिहासिक तथा साँस्कृतिक महŒवको हिसाबले मुलुककै तेस्रो जिल्ला भएको बताए । उनले दैलेख जिल्लाको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको विकास र संरक्षणका गर्न प्रदेश सरकारले काम अघि बढाउने बताए । दैलेखमा पर्यटन विकासका लागि पनि आफूले प्रदेश सरकारसँग पटक–पटक आग्रह गर्दै आएको बताए ।

प्रकाशित मितिः   ११ भाद्र २०७५, सोमबार १२:१७