बलात्कारको आरोपमा पक्राउ

पञ्चपुरी, १० भदौ । (साबिस)
चौकुने गाउँपालिका वडा नम्बर ६ खोप्रीकी २२ वर्षीय एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । सोही ठाउँका ४६ वर्षीय दानबहादुर दानीले भदौ ८ बजे दिउँसो करिब ३ बजे घरमा एक्लै भएको अवस्थामा जबरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छन् ।
पीडितले ईलाका प्रहरी कार्यालय चौकुने गुटुमा आफूमाथि जबरजस्ती करणी भएको उजुरी दिएपछि प्रहरीलाई दानीलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि पीडित युवती र अभियुक्त दानीलाई जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा पठाइएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठले जानकारी दिएका छन् ।
पछिल्लो समयमा सुर्खेतको बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकामा बलात्कारका घटनाहरू बढ्दै गएका छन् । यता ईलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक श्रेष्ठले आफ्नो कार्यक्षेत्रमा हुने विभिन्न अपराधका घटनाहरूलाई तत्काल छानविन गर्न आवश्यक प्रमाण जुटाएर अघि बढ्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

प्रकाशित मितिः   ११ भाद्र २०७५, सोमबार १२:१७