‘विद्यालय जान नपाएकोमा पछुतो लाग्छ’

रनबहादुर मल्ल तत्कालीन खानीखोला गाउँ पञ्चायतका अध्यक्ष हुन् । वि.सं. १९९४ साउन १५ गते सिम्ता गाउँपालिकाको खानीखोलामा जन्मिएका उनी त्यसक्षेत्रको शिक्षाको विकासमा महŒवपूर्ण योगदान गरेका व्यक्तिका रूपमा परिचित छन् । बुबा कुलबहादुर मल्ल र आमा पम्फा मल्लको कोखबाट उनी जन्मिए । २८ वर्ष लामो समयसम्म भारतीय सेनामा जागिर गरेर सेवा निवृत्त भइ वीरेन्द्रनगर–८ सुर्खेतमा बस्दै आएका मल्लले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे ः
अहिले म ८२ वर्षको पुगिसकें । बाल्यकालमा गम्भीर स्वभावको थिएँ । गाउँघरमा पहिले स्कुल थिएनन् । अहिलेको जसरी विद्यालय पढ्न पाएनौं । पढ्नको लागि कि काठमाडौं नै जानुपर्ने हुन्थ्यो । पढ्न मन धेरै लाग्थ्यो । तर त्यति टाढा गएर पढ्न सक्ने अवस्था थिएन ।
बाल्यकालमा धेरै जसो घरको काम अनि गाइगोठालो गरेर नै बित्यो । हाम्रो परिवारको मुख्य पेसा नै खेती किसानी थियो । बुबा जिम्दार पनि बन्नुभएको हो । उहाँ पढे–लेखेको हुनुहुन्थ्यो । खेतबारीमा काम गर्ने र गाइगोठालो गरेरै बाल्यकालको धेरै समय त्यसैगरी बित्यो । सात÷आठ वर्ष पुगेपछि साधुसँग पढ्न जान थाल्यौं । त्यसबेलामा शिक्षा अहिलेको जस्तो हुन्थेन । शिक्षा व्यवहारिक हुन्थ्यो । गाउँघरमा आवश्यक पर्ने कुराहरू मात्र सिकाइन्थ्यो । तमसुक लेख्न, चिठ्ठी लेख्न, वास्तुशास्त्र सम्बन्धी ज्ञान सिकाइन्थ्यो ।
त्यसरी पढ्ने पनि धेरै हुँदैनथे । हामी १४ जना मात्र पढ्थ्यौं । महिलाहरू त एक जना पनि थिएनन् । गाउँघरमा पढ्नुपर्छ भन्ने सोच कसैमा थिएन । त्यस्तो खालको वातावरण नै थिएन । गुरुहरूले नै पढाउँथे । मैले २५ पैसा तिरेर पहिलो पटक पढेको हुँ । महिनाको शुल्क २५ पैसा तिर्नुपर्ने हुन्थ्यो । त्यही पैसा पनि धेरै हो भन्ने लाग्थ्यो । मैले करिब ४ वर्ष पढेँ । हाम्रो पालामा अहिलेको जसरी दिउँसोभरी पढाइ हुँदैनथ्यो । दिनमा चार पटकसम्म पढ्नुपथ्र्यो । कताकतै प्राथमिक विद्यालयहरू खोलिएका छन् रे भन्ने सुन्थ्याँै । कस्तो हुने रहेछ यो प्राथमिक विद्यालय भन्ने मनमा लाग्थ्यो । कक्षागत तह भन्ने पनि हुन्छ भनेर हामीलाई थाहा हुँदैन्थ्यो । गुरुकोमा पढ्दा पनि एक कक्षा, दुई कक्षा भनेर पढेनौं । एक दिनमा ७ पटक पढाइ हुन्थ्यो ।
बाल्यकालमा धेरै खेल्न मन लाग्ने रहेछ । म अलि खेलकुदमा पनि रुचि राख्थँे । फुटबल, बक्सिंगमा मेरो रुचि थियो । अरु साथीहरूसँग पनि खेल्ने र रमाउने हुन्थ्यो । पहिलेको जमाना धेरै नै इमान्दार थियो । मैले कहिले पनि गलत काम गरिनँ । केही भूल नै गरिनँ भन्ने लाग्छ । त्यो स्वभाव अहिले पनि छ जस्तो लाग्छ । सानैदेखि खेलकुदमा रुचि भएकाले पछि मैले भारतीय सेनामा जागिर गर्दा खेलकुदमार्फत् पनि बक्सिङ्गको नेशल च्यापियन नै बनेको थिएँ ।
मलाई अलिअलि पौडी खेल्न पनि आउँथ्यो । हामीले बबई नदीमा डुङ्गाबाट मान्छेहरूलाई तार्ने काम गथ्र्यौं । एक जनालाई तारे वापत २५ पैसा दिन्थे । दिनमा करिब ५०÷६० जनालाई समेत तार्न सक्थ्यौँँ । खोला तर्न सक्ने मान्छे त तरिहाल्थे । नसक्ने बुढापाकाले पैसा दिएर हामीले नै तारिदिने गथ्र्यौं । दिनभरी पाइदैन्थ्यो । घरको काम गरेर खाना खाएर दिउँसोको समयमा जान्थ्यौँ । त्यहाँबाट आएको पैसाले नयाँ कपडा किन्ने र मिठो खाने नै हो । केटाकेटीमा राम्रो लगाउने, मिठो खानमा नै ध्यान जान्थ्यो । गाउँघरमा पाइदैन्थ्यो । नेपालगञ्ज जानुपथ्र्यो । त्यसबेलामा नुनदेखि सबै चिज किन्न नेपालगञ्ज जानुपर्ने बाध्यता हुन्थ्यो । गाउँघरमा केही पनि बिक्री हुँदैन्थ्यो । सबै समान नेपालगञ्जमा नै गएर बेच्नुपर्ने हुन्थ्यो । अनि उतैबाट घरमा आवश्यक पर्ने समान लिएर आउनुपथ्र्यो । नेपालगञ्ज पुग्न तिन दिन लाग्थ्यो । आउन र जान ६ दिन लाग्थ्यो । म पनि दाइहरूसँग जान्थे । बाटोमा हिँडेर नै जानुपर्ने हुन्थ्यो । नेपालगञ्ज पुगेपछि कपडा किन्दा रमाइलो लाग्थ्यो । गाउँघरबाट शहर जाँदा छुट्टै उत्साह पनि अनि रमाइलो पनि लाग्थ्यो ।
पहिले पढेकै अनुसार काम पनि पाइहालिन्थ्यो । मैले १७ वर्षकै उमेरमा बबईमा सचिवको जागिर पाएँ । करिब ३ वर्षसम्म । त्यसपछि इण्डियन आर्मी भएँ । मैले भारतीय सेनामा करिब २८ वर्षसम्म बिताएँ । वि.सं. २०४२ सालमा जागिरबाट अनिवार्य अवकाश प्राप्त भइसकेपछि घर आएँ । त्यसबेलामा पञ्चायतको चुनाव थियो । मैले खानीखोला गाउँपञ्चायतको अध्यक्षमा जितेँ । हामीहरू बाहिर घुमफिर गरेको विकास भएको देखेको मान्छेहरूले आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर मैले गाउँपञ्चायतको चुनाव लडेको थिएँ । मैले अध्यक्षको चुुनाव लड्दा ३ वटा कुरालाई मुख्य प्राथमिकतामा राखेको थिएँ । शिक्षालाई जोड दिएको थिएँ । त्यसपछि खानेपानीलाई प्राथमिकतामा दिएको थिएँ ।
बाल्यकालमा विद्यालयमा गएर पढ्न नपाएको पछुतो अझै पनि ताजा नै छ । मैले गाउँगाउँमा स्कुल स्थापना गर्नुपर्छ भनेर जोड दिन्छु भनेको थिएँ । म अध्यक्ष हुनेबेलामा खानीखोलामा एउटा मात्र प्राइमेरी स्कुल थियो । अन्य गाउँमा स्कुल नै थिएनन् । प्राइमेरी स्कुल पढेपछि अरु कक्षा पढ्न बाहिर जानुपथ्र्यो । कसैले पनि बाहिर पठाउँदैन्थे । चाहेर पनि पठाउन सक्ने अवस्था थिएन । मैले प्राइमेरीलाई निमावि गराउने र अन्य गाउँमा प्राइमेरी स्कुल भए पनि खोल्न जोड दिने अठोट लिएको थिएँ । म अध्यक्ष हुँदा भयो पनि । म शिक्षा समितिको सदस्य हुँदा पनि त्यहाँ शिक्षाको विकासका लागि पहल गर्ने अवसर पाएँ ।
म गाउँ पञ्चायतको अध्यक्ष हुँदा ५ वटा विद्यालय स्थापना भएका थिए । अझै पनि बाल्यकालमा पढ्न नपाएकोमा धेरै नै पछुतो लागेर आउँछ । अहिले मेरी छोरी अमेरिका छिन् । केही समय अघि म अमेरिका जाने मौका पाएको थिएँ । त्यहाँको विकासको परिकल्पना देख्दा हामी त अशिक्षाले नै पछि नै परेका रहेछौँ भन्ने लाग्यो । हामीले त्यस बेलामा स्कुलमा पढ्न पाएको भए कति विकास गर्न सक्थ्यौँ होला भन्ने सोच पनि आउँछ । भारतकै कुरा गरौँ हाम्रो छिमेकी देश । त्यहाँ पनि धेरै विकास भएको छ । मैले त्यहाँको विकास देख्दा पनि हामी पछि पर्नुको कारण एउटै रहेछ अशिक्षा नै रहेछ भन्ने लागेको थियो ।

प्रकाशित मितिः   ११ भाद्र २०७५, सोमबार १२:१४