कार्यदल गठन

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ भदौ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्ना सम्बन्धी अध्ययन सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवम् मप क्षेत्रीय अस्पतालका प्रतिनिधिसमेत रहने शिक्षा मन्त्रालयले जनाएको छ । सरकार र चिकित्सक डा. गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७५, शुक्रबार ११:५८