सम्पादकमा शाही

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ भदौ ।
साझा बिसौनी दैनिकको सम्पादकमा विनोद शाही नियुक्त भएका छन् । साझा बिसौनी पब्लिकेशन प्रालिले शाहीलाई सम्पादकमा नियुक्त गरेको हो ।
विगत चार वर्षदेखि दैनिकका सम्पादक रहेका ललितबहादुर बुढाले राजीनामा दिएपछि पब्लिकेशनले यसै दैनिकमा कार्यकारी सम्पादकको रूपमा कार्यरत शाहीलाई सम्पादकमा बढुवा गर्ने निर्णय गरेको हो । अन्नपूर्ण राष्ट्रिय दैनिकको कर्णाली प्रदेश ब्यूरो प्रमुखमा नियुक्त भएपछि बुढाले साझा बिसौनी दैनिकको सम्पादक पदबाट राजीनामा दिएका हुन् ।
शाही विगत ६ वर्षदेखि साझा बिसौनीमा आवद्ध छन् । साझा बिसौनी मासिकमा सह–सम्पादक, साझा बिसौनी कै साप्ताहिक संस्करणमा कार्यकारी
सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका शाही चार वर्षदेखि यसै दैनिकको कार्यकारी सम्पादकको रूपमा कार्यरत थिए ।
सम्पादकमा नियुक्त भएसँगै शाहीले साझा बिसौनी दैनिकलाई थप उचाईमा पु¥याउन प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरे । विगत एक दशकदेखिको पत्रकारितामा सिकेको ज्ञान र अनुभवलाई उपयोग गर्दै पत्रिकालाई कर्णाली प्रदेशका जनताको आवाज बनाउने उनको भनाइ थियो । शाहीले गाउँदेखि सहरसम्म र झुपडीदेखि महलसम्म भन्ने साझा बिसौनी दैनिकको मूल नारालाई सार्थक बनाइने बताए । उनले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा पत्रिकाले आफ्ना सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्ने जनाए ।
पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले विगतको साख जोगाउँदै थप उचाईमा पु¥याउन शाही नेतृत्वको सम्पादकीय टिम सफल हुने विश्वास व्यक्त गरे । त्यसैगरी पब्लिकेशनका प्रबन्ध निर्देशक कृष्णप्रसाद रेग्मीले साझा बिसौनी पत्रिकालाई जनताको आवाज बनाउने कार्यमा अघि बढ्न सुझाव दिए ।
दैनिकका निवर्तमान सम्पादक ललितबहादुर बुढाले चार वर्षसम्म पत्रिकाको सम्पादकको रूपमा काम गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको भन्दै पत्रिकाको थप सफलताको शुभकामना व्यक्त गरे । उनले आफू जुनसुकै ठाउँमा पुगे पनि साझा बिसौनीसँग सहयोग र सहकार्यले निरन्तरता पाउने बताए ।

प्रकाशित मितिः   ७ भाद्र २०७५, बिहीबार १३:२१