हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा…

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ साउन ।
सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक जनाको मृत्यु भएको छ । सिमकोटबाट उडेको हेलिकोप्टर हिल्सामा अवतरण गरिसकेपछि पंखाले लागेरे तीर्थालुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार भारतीय तीर्थालु नगेन्द्रकुमार कार्तिके मेहताको मंगलवारघटनास्थलमै मृत्यु भएको हो ।


भारतको महाराष्ट्रस्थित मुम्बईका मेहता मानसरोवर दर्शनका लागि हेलिकोप्टरमा हिल्सा पुगेका थिए । हेलिकोप्टर अवतरण गरिसकेपछि सेल्फी खिच्नेक्रममा पछाडिको पंखामा ठोकिएपछि उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर वोगटीले हेलिकोप्टरको पंखा (तेल रोटर) ले लागेर उनको मृत्यु भएको जानकारी दिए ।
मेहता सेल्फी खिच्न हेलिकोप्टको पछिल्लो भाग नजिक पुगेका थिए । सोहीक्रममा पछाडिको पंखाले लागेर उनको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । मनाङ एयरको नाइन एन अल्फा माइक भिक्टर कल साइनको होलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय मेहताको मृत्यु भएको हो । हेलिकोप्टरमा गएका अन्य पाँच जना यात्रु भने सकुशल छन् । मेहता मानसरोबर यात्रामा जाँदै थिए ।

प्रकाशित मितिः   ३० श्रावण २०७५, बुधबार १५:४७