स्याकको साधारणसभा
सुर्खेत, २९ साउन । (साबिस)
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको २४ औं वार्षिकोत्सव तथा २३ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपलिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार र सामाजिक संघ–संस्थासँगको सहकार्यमा सामाजिक न्यायको विकासका बारेमा छलफल गर्ने बताइन् ।
नगरपालिकाले सामाजिक संघ–संस्था परिचालन र अनुगमन निर्देशिका पारित गरेको पनि उनले जानकारी दिइन् ।
सबैको भूमिकालाई प्रभावकारी रूपमा कार्यन्वयन गरी अगाडि बढ्न नगरपालिका तयार रहेको पनि उनको भनाइ थियो । यस्तै साधारणसभामा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सुरेशकुमार तिवारीले विभिन्न समस्याका बाबुजत पनि संस्था सफल बनेको बताए । वीरेन्द्रनगरमा सम्पन्न भएको साधारणसभामा बोल्दै अध्यक्ष तिवारीले प्रदेशको विकासको लागि व्यवहार र सोचमा परिवर्तन गर्नुपर्ने बताए । स्याकले महिला बालबालिका तथा किशोर किशोरीको गुणस्तरीय जीवनका लागी समृद्ध समाज निर्माण गर्ने उद्देश्यले सुर्खेत र दैलेखमा काम गर्दै आएको छ ।
साझा बिसौनी ।