बाढीबाट ज्यान गुमाएकाहरूको सम्झना

साझा बिसौनी संवाददाता
पञ्चपुरी, २९ साउन ।
बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मंगलवार स्मृचि दिवस मनाइएको छ । वि.सं. २०७१ सालमा आएको बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा पञ्चपुरी नगरपालिका वडा नं. ५ को आयोजनामा स्मृति दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा बाढीपीडितहरूले चार वर्षसम्म पनि बाढीपीडितहरूको पुनस्र्थापना हुन नसकेको भन्दै गुनासो व्यक्त गरे । पञ्चपुरीका गणेश शाहीले चार वर्षदेखि त्रिपालमा बस्नु परेको भन्दै जतिसक्दो छिटो पुनस्र्थापनाका लागि सरकारसँग माग गरे ।
प्रदेश सरकारले बाढीपीडित समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल बनाएपछि पुनस्र्थापना हुने झिनो आशा पलाएको उनको भनाइ थियो । शिविरमा बसेका बाढीपीडितहरूको समस्या समाधानका लागि स्थानीय सरकारले पनि ध्यान
दिनुपर्ने शाहीले बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले नगरपालिकादेखि लिएर प्रदेश सरकारसम्म बाढी पीडितका लागि आफुले पहल गरेको बताए ।
अनुगमन टोलीसँग बाढीपीडितहरूले पनि ब्यवस्थापनको लागि बैकल्पिक उपाय बारे जानकारी दिनुपर्नेमामा समेत उनले जोड दिए । वडा नं. ५ का अध्यक्ष होम बहादुर राम्जालीको सभापतित्वमा दिवस मनाइएको थियो ।