दस ओभरमा नेपालले जोड्यो ३४ रन
विश्वकप छनौट अन्तर्गत जिम्बावे विरुद्धको पहिलो खेलमा नेपाल जिम्बावेविरुद्ध खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले नेपाललाइ ती सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।
उक्त लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालको सुरुवात भने राम्रो हुन सकेको छैन । ओपनर दिलिप नाथ २ रन मात्र बनाएर आएट भए । पहिलो पावर प्ले अन्तर्गतको दस ओभरमा नेपालले एक विकेटको क्षतिमा ३४ रन मात्र बनाउन सकेको छ ।
अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल छन् । पारस १८ र ज्ञानेन्द्र ५ रन बनाएर खेलिरहेका छन् ।
प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १८:१०
साझा बिसौनी ।