बुलबुलेमा डुंगा सरर…(फोटो फिचर)

3सुर्खेत, १७ जेठ । बुलबुले तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले सञ्चालन गरेको डुंगाको आज उद्घाटन गरिएको छ ।
जिल्लाकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको बुलबुले तालमा लामो समयदेखि डुंगा सञ्चालन हुन सकेको थिएन । समितिले एक महिनाभित्र व्यवसायिक रूपमा डुंगा सञ्चालन गरिसक्ने प्रतिवद्धता अनुसार आजदेखि सञ्चालन गरिएको हो ।

1नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा गत वैशाख १६ गते बुलबुलेमा नै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समितिले जेठमहिनाभित्रै डुंगा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार डुंगा सञ्चालन गरिएको नगर विकास समितिका अध्यक्ष ध्रुवकुमार चपाइँले जानकारी दिए । 2
बुलबुलेमा डुंगा सञ्चालन गरेपछि जिल्लाकै पर्यटन विकासमा सघाउ पुग्ने विस्वास लिइएको छ । ‘विगतदेखि नै डुंगा सञ्चालन गर्न माग हुँदै आएको थियो तर विविध कारण गर्न सकिएको थिएन’ अध्यक्ष चपाइँले साझा बिसौनीसँग भने, ‘अबदेखि नियमित रूपमा डुंगा सञ्चालन गरिनेछ, यसले यहाँको पर्यटन विकासमा टेवा पुग्ने छ ।’ 4डुंगा नियमित भएमा पर्यटकहरू पनि आकर्षित हुने समितिले जनाएको छ । बुलबुले हेर्न आएका पर्यटकहरूले तोकिएको शुल्क तिरेर डुंगामा तालको परिक्रमा गर्न सक्नेछन् । समितिले विद्यार्थीहरूका लागि प्रतिव्यक्ति १० र अन्यका लागि प्रतिव्यक्ति १५ रूपैयाँ शुल्क निर्धारण गरेको छ । तत्कालका लागि चार वटा डुंगा व्यवस्था गरिएको अध्यक्ष चपाइँले बताए ।
6डुंगा सञ्चालनका साथै बुलबुलेको विकासका कार्यक्रमहरू क्रमश सञ्चालन गरिने समितिले जनाएको छ । बुलबुले उद्यान व्यवस्थित र हरियाली बनाउने, तालको सरसफाई गर्ने, बुलबुलेमा नै अस्थायी प्रहरी बिट स्थापना गर्ने लगायतका प्रतिवद्धता सरोकारवालाहरूले जनाएका थिए । 7त्यसैगरी बुलबले तालबाट मोटर लगाएर पानी तानिएको हुँदा सम्बन्धीत पक्षसंग समन्वय गरी त्यसलाई रोक्ने तर्फ पहल गर्ने, बुलबुले उद्यानको समग्र विकासका लागि बुलबुले उद्यान विकास उपसमिति वा सम्भाव्यता अध्ययन गरी उचित विकासमा ठोस गुरुयोजना निमार्ण गर्ने प्रतिवद्धता पनि सरोकारवालाहरूले व्यक्त गरेका छन् । बगैचालाई व्यवस्थित गर्ने, पर्याप्त संख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने, दिर्घकालिन योजना निमार्ण गरी गुरु योजना अनुसार विकास गर्ने र उद्यानको समग्र विकासमा वार्षिक भएको आम्दानी, खर्च तथा बजेट र त्यसको उपलब्धीको सार्वजनिकरण गर्ने लगायतका प्रतिवद्धता उनीहरूले जनाएका थिए ।8
बुलबुले जिल्लाको प्रमुख पर्यटकीय स्थल मात्र नभएर पहिचान समेत भएकाले यसलाई व्यवस्थित गर्ने र थप सुन्दर बनाउनका लागि उनीहरूले नौं बुँदे प्रतिवद्धता व्यक्त गरेका थिए । वर्षौदेखि वेवास्ताको सिकार बन्दै आएको जिल्लाकै प्रमुख पर्यटकीय स्थल बुलबुलेको संरक्षण, व्यवस्थापन र विकासका लागि सरोकारवालाहरूले गरेका सामुहिक प्रतिवद्धता कार्यान्वयन भएमा बुलबुलेको मुहार फेरिने छ ।
9

प्रकाशित मितिः   १७ जेष्ठ २०७३, सोमबार ०९:२०