९८ हजार घुस लिने वन रक्षक पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ ।
इलाका वन कार्यालय मेहेलकुना सुर्खेतमा कार्यरत एक जना वन रक्षक घुस लिदैं गर्दा पक्राउ परेका छन् ।
अवैध काठको मुद्दा मिलाइनदिन्छु भन्दै घुस लिने वन रक्षक हरिलाल राना क्षेत्री सोमवार पक्राउ परेका हुन् । गुर्भाकोट नगरपालिकाको वडा नं. ६ बाट नियन्त्रणमा लिइएको ६७.९ क्युफिट सालको काठ र २.५८ क्युफिट टुनीको अवैध काठको मुद्दा मिलाइदिने भन्दै उनले स्थानीयसँग घुस लिएका थिए ।
आफूले मागेको रकम नदिएमा सिंगो गाउँबासीलाई नै मुद्दा चलाइदिने धम्की दिएर उनले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा सोमवार गुर्भाकोट नगरपालिकाको वडा नं. ७ स्थित एक होटलबाट उनलाई पक्राउ गरिएको हो । उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   १६ माघ २०७४, मंगलवार १६:१८