मानवअधिकार रक्षकहरू सुर्खेतमा

सुर्खेत, १३ पुस । (साबिस)
६ नम्बर प्रदेशका मानवअधिकार रक्षकहरू सुर्खेतमा भेला भएका छन् । मानवअधिकार रक्षक तथा सुरक्षाको अवस्थाबारे जानकारी राख्न र प्रदेश सरकारका लागि आवश्यक नीति निर्माणमा सहयोग गर्न उनीहरू सुर्खेतमा भेला भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने भेलामा प्रदेशमा मानवअधिकारको संरक्षण र प्रबद्र्धन गर्ने सवालमा वर्तमान अवस्था, चुनौती र समाधानका उपायका बारेमा छलफल गर्नेछन् ।
साथै, संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय सरकारले मानवअधिकार कार्यान्वयन कसरी गर्ने, सरोकारवाला निकासँगको समन्वय लगायतका विषयमा छलफल थालिएको बताइएको छ । महिला मानव अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्ययवसायीहरूको सहभागिता रहेको भेलामा ६ नम्बर प्रदेशमा मानवअधिकार रक्षकहरूका लागि सुरक्षा अवस्थाका बारेमा गहन छलफल हुने नेपाल मोनिटर अर्गका तालिम संयोजक अभिलेस कर्णले जानकारी दिए । फिल्डस्तरमा काम गर्ने मानव अधिकारकर्मीहरूको लागि सुरक्षा चुनौतीसँगै व्यक्तिगत जोखिमहरू पनि आउने गरेको नेपाल मोनिटर अर्गका संयोजक डा. फ्रिजो हेकेरले बताए । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना तथा नेपाल मोनिटर अर्गको सहयोगमा भेला भएको हो ।

प्रकाशित मितिः   १४ पुष २०७४, शुक्रबार १५:३१