लागूऔषधको डरलाग्दो संक्रमण

युवाशक्ति देश निर्माणको बलियो आधार हो । देशको विकासलाई अग्रगति दिन र देशलाई समृद्ध तुल्याउन युवाशक्तिको भूमिका रहन्छ । वर्तमान सन्दर्भमा केही युवाहरू आफू, परिवार, समाज अनि राष्ट्रप्रतिको कर्तव्य बिर्सेर लागूपदार्थ दुव्र्यसनमा लिन भएको प्रशस्त देख्न र सुन्न पाइन्छ । यसर्थ ब्रिटिस काउन्सिलको सहकार्यमा आईएसए परियोजना अन्तर्गत नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेताल सुर्खेत, किड्स किंगडम पब्लिक स्कुल नान्डेड इन्डिया र मलियादेवा गर्लस् कलेज कुरुनेगला श्रीलंकाको सिकाइ सहकार्यबाट नेपाल, भारत र श्रीलंकामा लागूऔषध दुव्र्यसनीको अवस्थाबारे अध्ययन गरेको थियो । उक्त अध्ययन पश्चात् यो लेख तयार पारिएको हो ।
लागूपदार्थ दुव्र्यसनले प्रत्यक्ष वा परोक्ष धेरै व्यक्तिहरूलाई प्रभावित पारेको देखिन्छ । नेपालको तथ्यांकलाई हेर्दा करिब ६० हजार नेपालीहरू रक्सी र चुरोटबाहेकका लागूऔषध दुव्र्यसनी रहेको अनुमान गरिन्छ । १०–१४ वर्ष उमेर समूहका १.४५, १५–१९ वर्ष उमेर समूहका १९.९५, २०–२४ वर्ष उमेर समूहका ३३.२५, २५–२९वर्ष उमेर समूहका २२.४५,३०–३४ वर्ष उमेर समूहका १३.७५, ३५–३९ वर्ष उमेर समूहका ५.७५, ४० वर्षदेखि माथिका ३.७५, दुव्र्यसनी रहेको पाइन्छ । यो तथ्यांकलाई हेर्दा सबैभन्दा बढी युवा पुस्ता नै प्रभावित देखिन्छ ।
त्यस्तै भारतमा लगभग तीन लाखभन्दा बढी व्यक्ति लागूऔषध दुव्र्यसनी रहेका छन् । लागूपदार्थ दुव्र्यसन नियन्त्रण बोर्डका अनुसार त्यहाँ करिब एक लाख हिरोइन प्रयोगकर्ता रहेको पाइयो भने १८–३५ वर्ष उमेरसमूहमा मानिस अत्यधिक रूपमा लागूऔषध दुव्र्यसनमा लागेको पाइयो । भारतमा लागूऔषध दुव्र्यसनकै कारण करिब २.४ लाख मानिस एचआईभी संक्रमित छन् । श्रीलंकामा करिब तीन लाख युवाहरू दुव्र्यसनमा फसेका छन् भने हिरोइन प्रयोगकर्ताको संख्या करिब ५० हजार रहेको छ । त्यहाँ प्रत्येक वर्ष दुई हजार पाँच सय युवाहरू पुनस्र्थापना केन्द्रमा जान्छन् ।
कुनै पनि प्रकारको लागू औषध डाक्टरको सल्लाहविना आफूखुशी धेरै मात्रामा वा गलत रूपमा प्रयोग गरिन्छ भने त्यसलाई दुरूपयोग भनिन्छ । लागूऔषधको दुरूपयोग गर्ने व्यक्तिलाई दुव्र्यसनी भनिन्छ । प्रारम्भमा व्यक्ति देखासिकीले अथवा कसैको करकापमा लागूपदार्थ प्रयोग गरे पनि पछि त्यसको प्रयोग बाध्यात्मक हुन्छ त्यही बाध्यात्मक अवस्थालाई नै लागूऔषध दुव्र्यसन भनिन्छ । यसले व्यक्तिको केन्द्रीय स्नायु प्रणालीमा असर पु¥याइ सोच्ने, बुझ्ने, सम्झने र विश्लेषण गर्ने शक्तिमा विचलन ल्याइ व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, आर्थिक र कानुनी पक्षलाई असर पु¥याउँछ । नेपाल, भारत र श्रीलंकामा चुरोट, गाँजा, भांग, धतुरो, चरेश, रक्सी, हिरोइन, कोरेक्स, फेन्कोडिन, क्यानवेस, नाइट्रोभ्याट, डाँइजोपाम, पेन्टाजेसिन, टिडिजेसिक आदि जस्ता लागूपदार्थहरूको प्रयोग गरेको पाइन्छ ।
व्यक्ति विभिन्न कारणले दुव्र्यसनी बन्न पुग्छ । उत्सुकता, देखासिकी, कुुसंगत, अज्ञानता, बेरोजगारी, असफलता, फेसन, धार्मिक अन्धविश्वास, सामाजिक संस्कार, मिडियाको प्रभाव, सस्तो मूल्यमा सजिलै प्राप्त हुने, आनन्दानुभूति, वर्तमान सामाजिक प्रणाली र मूल्य मान्यताप्रति असन्तुष्टि, शारीरिक तथा मानसिक तनाव जस्ता कारणले व्यक्ति लागूपदार्थ दुव्र्यसनमा फस्न पुग्छ । त्यस्तै श्रीलंकाको अर्को थप कारण भनेको खुला सीमाना हो । खुला सीमानाका कारण बन्दरगाहबाट दुव्र्यसनी र व्यापारीले सजिलै लागूपदार्थ भिœयाउन सक्छ ।
लागूऔषध प्रयोगकर्तामा देखापर्ने विभिन्न लक्षणहरूमा खानामा रुची नहुनु, दुब्लाउँदै जानु, आँखा रातो हुनु, निन्द्रा नलाग्नु, हाई–हाई गर्नु, शरीर बनाउने, आँखा जुधाएर सिधा कुरा गर्न नसक्नु, झुठो बोल्ने, व्यक्तिगत स्वभाव, बोल्ने भाषा र पहिरनमा परिवर्तन, लठ्ठ परेर बस्ने, विनाकारण रिसाउने, सन्किने, एक्लोपन रुचाउने, विनाकारण विद्यालयमा अनुपस्थिति, पढाइमा असफलता, घरमा प्राय ढिलो आउने, विस्तारै घरबाट सामान हराउने, सूर्ती चुरोटको धुलो, सलाइ झिलझिले कागज, ब्लेड, सिरिन्ज, पाउडर, डढेको रूपैयाँ लुकाएर राख्ने आदि रहेका छन् ।
लागूपदार्थ दुव्र्यसनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै असर पु¥याउँदछ । यसको नियमित प्रयोगले विभिन्न किसिमका शारीरिक, मानसिक, सामाजिक, आर्थिक, संवेगात्मक समस्याहरू देखापर्छन् । भोक नलाग्ने÷खानाको रुची कम हुने, तौल घट्ने, क्षयरोग, जन्डिस, ग्याष्ट्रिक, अल्सर, क्यान्सर, कब्जियत, रक्तअल्पता, हेपाटाइटिस बी, टिटानस, लिभर, सिरोसिस, प्रजनन् क्षमतामा ह्रास, महिनावारीमा गडबडी जस्ता शारीरिक असरहरू लागूऔषध दुव्र्यसनका कारण देखापर्दछन् । यसको प्रयोगले सामाजिक सहिष्णुतामा ह्रास आइ समाज विखण्डन भएर समाज अधोगतितर्फ लाग्छ । समाजमा अपराधिक गतिविधिहरू बढेर समाज नै अशान्त बन्दछ । आर्थिकरूपमा परिवार कंगाल बन्दै जान्छ । परिवारमा कलह झै–झगडा भइरहन्छ । पारिवारिक रूपमा कलंक लाग्छ । राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भइ राष्ट्रिय उत्पादनमा असर पर्दछ र युवाशक्ति क्षिण भइ राष्ट्रले ठूलो घाटा व्यहोर्नुपर्छ । लागूऔषध दुव्र्यसन रोकथामका लागि विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ । सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर पुनस्र्थापना केन्द्रको स्थापना गरेर, आधिकारिक निकायलाई सचेत गराएर, डिलरहरूलाई कुटनीतिक रणनीति अथवा तरिका अवलम्बन गर्न लगाएर, दुव्र्यसनी र अन्य मानिससँगको तुलना गरी बेफाइदाका अनुभवहरू शेयर गर्न लगाएर लागूपदार्थ उपलब्ध हुने ठाउँ पत्ता लगाइ लागू औषध बिक्रेता र प्रयोगकर्तालाई कानुनी कारबाही गरेर पनि यसको रोकथाम गर्न सकिन्छ । यस्ता कार्यहरू नेपाल, भारत र श्रीलंका सरकारले पनि गरिरहेको छ ।
भारत सरकारले ‘मिडिया क्याम्पियन’ नामक संस्थाको स्थापना गरी लागूऔषध दुव्र्यसन न्यूनीकरणमा सघाउ पु¥याइएको पाइयो । त्यहाँका विद्यालयहरूलाई लागूपदार्थ दुव्र्यसन मुक्त गराउन क्म्ँक्ए SDFSP (Safe and Drug Free School Program) नामक कार्यक्रम सञ्चालन गरिएको छ । श्रीलंका सरकारले यसको रोकथामको लागि दुव्र्यसन रोकथाम ब्यूरोको स्थापना पनि गरेको छ । त्यस्तै लागूऔषध चेकपोष्टको व्यवस्था गरेको छ । त्यहाँ २१ वर्षमुनीकाले यसको प्रयोग गर्न नपाउने कानुनी प्रावधान रहेको छ । यसरी नेपाल, भारत र श्रीलंका सरकार लागूऔषध दुव्र्यसन रोकथामका विभिन्न प्रयासहरू गर्दै आएका छन् र हामी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र समाज पनि आ–आफ्नोतर्फबाट भूमिका निर्वाह गर्न जरुरी छ ।
(ISA Project अन्तर्गत नेपाल राष्ट्रिय चन्द्रगंगा मावि गाग्रेलालमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले अध्ययनमा आधारित रहेर यो आलेख तयार पारेका हुन् ।)

प्रकाशित मितिः   १४ पुष २०७४, शुक्रबार १५:३१