बजारमा चाडपर्वको चहलपहल

दसैँ नजिकिएसँगै वीरेन्द्रनगरमा बढ्यो ग्राहकको चाप

सुर्खेत: बडादसैँ भित्रिएसँगै प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको मुख्य बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । मुख्य बजार वीरेन्द्रचोकमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहलपहल अन्य समयको तुलनामा बढेको हो ।

दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको संख्या बढेपछि व्यापारी समेत व्यस्त देखिएका छन् । पसलमा ग्राहक कपडा छनोट गर्दै, मूल्यबारे जानकारी लिँदै तथा आफूलाई आवश्यक सामग्री खरिद गर्नेको चाप बढेको शर्मा फेन्सी पसलका व्यापारी पुजा शर्माले बताइन् । उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको उनले बताइन् । ‘दसैँ नजिकिएपछि कपडा किन्ने ग्राहकको संख्या दिनप्रतिदिन बढिरहेको छ, आइतवार (घटस्थापना) को बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ’, शर्माले भनिन् ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी पूर्णबहादुर अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । ‘दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको समेत उपस्थिति बढेको छ’, उनले भने ।

 

दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा वीरेन्द्रनगरका मुख्य बजार वीरेन्द्रचोक, यरिचोक, मंगलगडी चोक, मूलपानी चोकलगायत बजारमा ग्राहकको चाप बढेको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न कर्णालीका दशवटै जिल्लाबाट सुर्खेत आएका नागरिकसमेत किनमेलमा व्यस्त हुन थालेका छन् ।

 

चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी सुमित्रा थापाले बताइन् । ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण बढेको उनको भनाइ छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले वीरेन्द्रनगरमा रहेको राजु कलेक्सनमा सामान किनमेल गर्नेको संख्या बढेको छ । गतवर्षको तुलनामा २५ प्रतिशतले व्यापार बढेको राजु कलेक्सनका सञ्चालक राजु पाण्डेले बताए । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् । दसैँसँगै मौसममा समेत क्रमिक रूपमा सुधार हुन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगा, कपडा खरिद गर्ने ग्राहक पनि बढेको भन्दै उनले ब्राण्ड अनुसारका लुगा धेरै ग्राहकको रोजाइमा परेको सुनाए । विशेषगरी ज्याकेट, स्विटर, ट्राकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको उनको भनाइ छ । राजु कलेक्सनले नयाँ–नयाँ ब्राण्डका कपडा बिक्री वितरण गर्दै आएको छ ।

दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा वीरेन्द्रनगरका मुख्य बजार वीरेन्द्रचोक, यरिचोक, मंगलगडी चोक, मूलपानी चोकलगायत बजारमा ग्राहकको चाप बढेको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न कर्णालीका दशवटै जिल्लाबाट सुर्खेत आएका नागरिकसमेत किनमेलमा व्यस्त हुन थालेका छन् । व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।

प्रकाशित मितिः   २६ आश्विन २०८३, सोमबार १६:३२