बुलबुलेको संरक्षण
सुर्खेतको महङ्खवपूर्ण पर्यटकीय क्षेत्र हो बुलबुले । वीरेन्द्रनगर उपत्यकाको बीचमा अवस्थित बुलबुले पानीको प्रमुख स्रोत पनि हो । बुलबुले केवल एउटा ताल मात्र होइन । यो सुर्खेतको पहिचान, वीरेन्द्रनगरको मुटु, प्रकृतिको अनुपम उपहार र लाखौँ मानिसको भावना जोडिएको सम्पदा हो । एक समय यस्तो थियो, जहाँ तालको गर्भबाट निरन्तर बुलबुल गर्दै पानी उम्लिन्थ्यो । त्यही प्राकृतिक ध्वनिका कारण यसको नाम ‘बुलबुले ताल’रहन गयो । ताल वरिपरिका दशवटा धाराबाट वर्षभरि स्वच्छ पानी बगिरहन्थ्यो, जसले यो ठाउँलाई जीवन्त बनाएको थियो । तर अहिले त्यही बुलबुले ताल मौन छ । धाराहरू सुकेका छन् । तालको प्राकृतिक मुहान हराएको छ ।
बुलबुले अब ताल क्षेत्रका रूपमा मात्रै रहेन । त्यहाँ बनाइएका अन्य भौतिक संरचनाले बुलबुलेको अस्तित्व नै संकटमा पर्ने देखिएको छ । ताल क्षेत्रमा भइरहेको कंक्रिट निर्माण र जग्गा अतिक्रमणले सिमसारको प्राकृतिक अस्तित्व र जैविक विविधतामा गम्भीर संकट उत्पन्न भएको हो । विगतमा संरक्षणको नमूना मानिने बुलबुलेमा अहिले ताल विस्तार र पर्यटकीय संरचना बनाउने नाममा सिमसार मासेर मोटरबोट सञ्चालन तथा पक्की पर्खाल लगाउने काम भइरहेको छ । निर्माण गरिएका पूर्वाधारका कारण ताल सुकेको छ । वीरेन्द्रनगर उपत्यकाको पानीको मुख्य स्रोत मानिने सिमसार क्षेत्र संरक्षण गर्न तीनै तहका सरकार चुकेको भन्दै उनले जथाभावी रूपमा संरचना खडा गर्दा पानीको श्रोत नै मासिने अवस्थामा पुगेको छ । त्यसो यसको संरक्षणको योजना पनि बनेका छन् । सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुलेको संरक्षण, सम्वद्र्धन र विकासका लागि भन्दै २०७४ मा गुरुयोजना बनायो । २० वर्षे गुरुयोजनामा विभिन्न २२ वटा योजना छन् । जसको कार्यान्वयन गर्न ३१ करोड ६३ लाख रूपैयाँ लाग्ने अनुमान छ । ठूलो र फराकिलो पार्किङ, पक्की सडकसँगसँगै चक्रपथ, उद्यान क्षेत्रमा पक्की पर्खाल, छुट्टै स्विमिङ पुल, सुविधासम्पन्न रेस्टुरेन्ट, ग्रिन हाउस, विश्राम कक्ष, बालबालिका खेल्ने ठाउँदेखि महिला र पुरुषलाई छुट्टाछुट्टै नुहाउने ठाउँ, सोलार बत्ती र अहिलेको भन्दा करिब तीन गुणा ठूलो तालको विस्तार गर्ने गुरुयोजना समावेश भएको छ ।
पहिलो चरणमा ताललाई पक्की पर्खालले घेर्ने योजना छ । तालको आकार करिब तीन गुना बढेको छ । फैलिएको तालमा मोटरबोट सञ्चालनमा आएको छ । ताल क्षेत्रभित्र अन्य भौतिक संरचनासँगै पिकनिक स्पट, यात्रु विश्रामस्थल, इत्राम खोलामा तटबन्ध, पैदल मार्ग, तारबार, रेलिङ, सोलार बत्ती जडान लगायतका काम भएको छ । तर यसले तालको प्राकृतिक पहिचानमा क्षति पु¥याउने जोखिम पनि छ । जैविक विविधताको अस्तित्व जोगाउने गरी ताल निर्माण, पर्खाल, नाली र फुटपाथ व्यवस्थापनको काम गर्नुपर्ने देखिएको छ ।
प्रकाशित मितिः ३० असार २०८३, मंगलवार ०५:०३
सम्पादकीय ।