सुर्खेतमा पहिलो पटक ‘एक्वा जुम्बा’ कार्यक्रम

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ‘एक्वा जुम्बा’ कार्यक्रम गरिएको छ । स्वास्थ्य, मनोरञ्जन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यका साथ केएफसी जुम्बा तथा जिम फिटनेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा पहिलो पटक एक्वा जुम्बा कार्यक्रम आयोजना गरेको हो ।

वीरेन्द्रनगरका स्वास्थ्यप्रेमी युवा तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको केएफसी जुम्बाका डाइरेक्टर सुम्निमा वलीले बताइन् । कार्यक्रमअन्तर्गत पानीभित्र संगीतको तालमा गरिने विशेष जुम्बा अभ्यासको अनुभव प्राप्त गरिएको सहभागि लक्ष्मी गौतमले बताइन् । पानीमा गरिएकाले शरीरमा पर्ने दबाब कम, जोर्नी तथा मांसपेशीमैत्री र व्यायामलाई थप मनोरञ्जनात्मक लिइएको उनको अनुभव छ । यो जुम्बाको धेरै विशेषताका कारण विश्वभर लोकप्रिय बन्दै गएको एक्वा जुम्बा सुर्खेतमा पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रमलाई थप आकर्षक बनाउन अन्डरवाटर फोटो बुथ, लाइभ डिजे प्रस्तुति तथा लक्की ड्रमार्फत आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको थियो । स्वास्थ्य, मनोरञ्जन र सामाजिक उत्तरदायित्वको संयोजनका रूपमा रहेको यस कार्यक्रमले सुर्खेतमा नयाँ अभ्यासको सुरुवात भएको विश्वास व्यक्त गर्दै आयोजक टिम केएफसी जुम्बाले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम आयोजना गर्ने जनाएको छ । वीरेन्द्रनगरमा रहेको केएफसी जुम्बा, जिम फिटनेस सेन्टरको आयोजना तथा ईनर ह्विल क्लव सुर्खेत भ्याली र इभेन्ट म्यानेजर प्राइभेट लिमिटेडको समन्वयमा कार्यक्रम गरिएको हो ।

प्रकाशित मितिः   २९ असार २०८३, सोमबार १६:५२