राष्ट्रिय खेलकुद गर

चुनावको नयाँ जनादेशसँगै नयाँ सरकार बनिसके पनि कर्णालीमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भने अझै टुँगो लागेको छैन । पटक–पटक मिति सर्दै आएको यो प्रतियोगिता आयोजना गर्ने विषयमा अहिलेको सरकारले कुनै निर्णय लिएको छैन । पछिल्लो पटक गत फागुन पहिले साता आयोजना गर्ने गरी मिति तय भएको थियो । तत्कालीन खेलकुदमन्त्री बब्बु गुप्ताको पहलमा चौथो पटक तोकिएको मितिमा पनि प्रतियोगिता हुन सकेन । फागुन २१ को चुनावका कारण तयारी नपुगेको भन्दै स्थगित गरियो । त्यसपछि चुनाव भएर नयाँ सरकार निसकेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । तर दशौँ राष्ट्रिय खेलकुदको विषयमा कुनै निर्णय भएको छैन ।

नवौं राष्ट्रिय खेलकुदको समापनकै क्रममा १०औं खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैतमा स¥यो । आर्थिक अभाव देखाउँदै उक्त मितिमा पनि प्रतियोगिता भएन । फेरि जेठमा गर्ने निर्णय गरेको परिषद्ले त्यसमा पनि गर्न सकेन । त्यसपछि २०८२ फागुन पहिलो साताको मिति तोके पनि खेल हुन सकेन । एकातिर समयमै तयारीमा ध्यान नदिनु र त्यसमाथि राजनीतिक स्वार्थका कारण पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसअघि नै १०औं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक समिति गठन, सचिवालय उद्घाटन, लोगो र मस्कट सार्वजनिक भइसकेको छ भने कर्णाली प्रदेश सरकारले पनि हालै मात्र प्रदेश खेलकुद विकास परिषद्को पदाधिकारी नियुक्त गरेको छ । दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ । दश हजार दर्शक क्षमताको प्याराफिटसहित फुटबल मैदान र एथ्लेटिक्सका खेलहरू एक साथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो ।

कर्णाली प्रदेश सरकारले दशौँ खेलकुद प्रतियोगितालाई लक्षित गरेरै खेल पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागि बजेटसमेत विनियोजन गरेको छ । दशाँै राष्ट्रिय खेलकुद पूर्वतयारी कार्यअन्तर्गत अन्तर कप तयारी कार्य, अन्तर कप प्रतियोगिता सञ्चालन तथा प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रोत्साहनका लागि दश करोड बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माणमा सघाइरहेको प्रदेश सरकारले खेल पूर्वाधार निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । यद्यपि, प्रतियोगिताको मिति नै टुँगो लाग्न सकेको छैन ।

प्रकाशित मितिः   २४ चैत्र २०८२, मंगलवार ०५:०३