विश्वविद्यालय परिसरमा वृक्षारोपण

सुर्खेत: मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । ‘सन् २०२४ सालमा २०२४ विरुवा’ भन्ने अभियानसहित विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । पर्यावरण जोगाउन र हरियाली बढाउन विश्वविद्यालयले थालेको प्रयास प्रशंसनीय रहेको उनले बताए ।
वृक्षारोपण लगत्तै विश्वविद्यालयको पूर्वाधार तथा विकास निर्माणसम्बन्धी छलफल समेत गरिएको छ । कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा भएको हो । उनले वृक्षारोपण अभियानलाई निरन्तरता दिने समेत बताए । जसअनुसार विश्वविद्यालयका सम्पूर्ण स्कुल, विभाग तथा आंगिक क्याम्पस परिसरमा समेत वृक्षारोपण गरिने गौतमले जनाए ।
प्रकाशित मितिः २६ श्रावण २०८१, शनिबार ०५:०२
साझा बिसौनी ।