चौकुनेमा दिगो मत्स्य व्यवस्थापन परियोजना
सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा दिगो मत्स्य व्यवस्थापनमार्फत् जलीय पारिस्थितिक प्रर्णालीमा सुधार परियोजना सञ्चालनमा आएको छ । सरोकारवालाहरूसँग छलफलसहित परियोजना सुभारम्भ गरिएको छ ।
अमेरिकी सहयोग निकाय (यूएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जलजंगल परियोजनाअन्तर्गत प्रोपब्लिकद्वारा चौकुने गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष नरबहादुर वान्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सोही पालिकाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरूसहितको सहभागिता रहेको थियो ।
प्रोपब्लिकका महासचिव प्रकाश दाहाल एवम् कार्यकारी निर्देशक बाबुराम पौडेलले परियोजनाको उद्देश्यसहित क्रियाकलापको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । मत्स्य विज्ञ राजकपुर नापितले जलीय परिस्थितिय प्रणालीमा माछा एवम् अन्य जलचरहरूको महŒव, यसको संरक्षण र उपयोगबारे प्रष्ट्याएका थिए ।
यूएसएआइडी जलजंगल परियोजनाका प्रतिनिधि विनोदकुमार शाहीले परियोजनाको बारेमा जानकारी दिए । साथै पालिकाभित्र रहेका जैविक विविधता संरक्षणका लागि आगामी दिनमा गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धतासमेत जनाए । उनकाअनुसार सञ्चालन हुन लागिरहेको परियोजना स्थानीय समुदाय, गाउँपालिका, प्रोपब्लिक एवम् अन्य सरोकारवालाहरूको समन्वयमा अघि बढाइने छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नरबहादुर वान्तोलाले जलीय एवम् अन्य जैविक विविधताको हिसाबले चौकुने धनि पालिका भएको बताए ।
यसको उचित संरक्षणका क्रियाकलापहरूमार्फत दिगो विकासमा योगदान पु¥याइने उनको भनाइ थियो ।


साझा बिसौनी ।