लेखापरीक्षकलाई तालिम

सुर्खेत: वीरेन्द्रनगरमा शुक्रवारदेखि अडिटहरूका लागि तालिम सञ्चालन गरिएको छ । लेखापरीक्षकलाई पेसागत शिक्षा र उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको हो । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले आयोजना गरेको प्रदेशस्तरीय सो तालिम तीन दिनसम्म चल्नेछ । तालिममा कर्णालीका विभिन्न जिल्लाबाट ४१ जना लेखापरीक्षकहरू सहभागी छन् । उद्घाटन कार्यक्रम अडानका कर्णाली प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको हो । तालिम उद्घाटन कार्यक्रमको अतिथिमा अडानका केन्द्रीय प्रथम उपाध्यक्ष डोलप्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष बलराम रेग्मी, केन्द्रीय सदस्य योगमाया धमला तथा जिल्ला अध्यक्ष प्रा.डा. दीपबहादुर रावललगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रको सञ्चालन अडान सुर्खेतका सचिव फर्सकुमार तिवारीले गरेका थिए ।

प्रकाशित मितिः   ७ माघ २०७९, शनिबार ०५:०४