जनप्रियमा नयाँ कार्यसमिति
सुर्खेत: जनप्रिय बहुउद्देश्यीय सहकारी संस्था लि. मा नयाँ कार्यसमिति चुनिएको छ । वीरेन्द्रनगर–३ मा रहेको सहकारीले शनिवार चुनावी साधारण सभामार्फत आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको हो । संस्थाले रतिमान सिंह अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेम खड्का, सचिवमा डिलबहादुर खड्का र कोषाध्यक्षमा हिराकुमारी खड्का छन् । त्यस्तै, कार्यसमिति सदस्यमा निमबहादुर भण्डारी, तुल्सी सुनार, पूर्णाकुमारी थापा, तुल्सीप्रसाद न्यौपाने र अमरसिंह भण्डारीलाई चयन गरिएको छ । चुनावी साधारण सभाले जगतिराम लम्सालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति बनाएको छ । लेखा समितिको सदस्यमा विशाखर शर्मा र गोमा खड्का चयन भएका छन् । साधारण सभाका अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरू सार्वजनिक गरिएको थियो ।
प्रकाशित मितिः २४ पुष २०७९, आईतवार ०५:०४
साझा बिसौनी ।