जनहितकारीद्वारा एटिएम सेवा सञ्चालन

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुभारम्भ गरेको छ । २४औँ वार्षिक साधारणसभाको अवसरमा शनिवारदेखि एटिएम सेवा सुरुवात गरिएको हो ।

संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्व उवम् कर्णाली प्रदेशसभाका सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रदेशसभा सदस्य सन्तोषी शाही, राष्ट्रिय सहकारी बैंकका सञ्चाल कालीबहादुर महतरा, बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीलगायतको सहभागिता रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष योगीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७९/०८० का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   २४ पुष २०७९, आईतवार ०५:०५