बहालवाला मन्त्रीलाई हराउँदै टेकराज पछाई विजयी

जुम्लाबाट प्रदेशसभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमाले उम्मेदवार टेकराज पछाई निर्वाचित भएका हुन् । सात हजार आठ सय २७ मत प्राप्त गर्दै पछाई पहिलो पटक प्रदेशसभा सदस्य चुनिएका हुन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई १ हजार एक सय १२ मतान्तरले हराएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(एकीकृत समाजवादी)का नेता रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गरे ।
विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका पछाई संसदीय निर्वाचनबाट पहिलो पटक निर्वाचित भएका हुन् । उनी एमालेका कर्णाली प्रदेश कमिटी उपसचिव हुन् ।
प्रकाशित मितिः ७ मंसिर २०७९, बुधबार २२:२९

साझा बिसौनी ।