बागी उम्मेदवार शाही बने प्रदेशसभा सदस्य
नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका देवेन्द्र शाही कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क)बाट स्वतन्त्र उम्मेदवार शाही निर्वाचित भएका हुन् । उनले तीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई एक हजार आठ सय ९९ मतान्तरले पराजित गरे ।
निर्वाचित शाहीले नौ हजार ६ सय ५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ललितजंगले सात हजार सात सय ५५ मत प्राप्त गरे । एमालेका धिरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत पाए ।
यसअघि २०७४ सालको निर्वाचनमा शाही नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका थिए । त्यतिबेला एमाले र माओवादीको बाम गठवन्धनसँग पराजित भएका थिए । यसपटक कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका थिए ।
प्रकाशित मितिः ७ मंसिर २०७९, बुधबार २२:४१
साझा बिसौनी ।