प्रहरी निरीक्षक शाहीलाई सर्वोत्कृष्ट पुरस्कार

सुर्खेत: प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पान गर्नेलाई परस्कृत गरिएको छ । इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाहीले कर्णालीकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका छन् । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले ६७औँ प्रहरी दिवसको अवसरमा सोमवार उनलाई अपराध अनुसनधानतर्फको सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेका हुन् । प्रहरी निरीक्षक शाहीले अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै पुरस्कार प्रदान गरिएको जनाइएको छ । दैलेख स्थायी घर भएका २८ वर्षीय शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख थिए । प्रहरी दिवसमा हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्नेहरूलाई पुरस्कृत गरिँदै आएको छ । यसपटक पनि कर्णालीसहित देशभर कार्यरत प्रहरी कर्मचारीहरू विभिन्न विधामा पुरस्कृत भएका छन् ।
प्रकाशित मितिः १ कार्तिक २०७९, मंगलवार ०५:०२
साझा बिसौनी ।