कर्णालीलाई पहिलो स्वर्ण

सुर्खेत: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । जुम्लाका दुर्गाबहादुर बुढाले तीन हजार मिटर स्टिपल चेजमा स्वर्णपदक जितेका हुन् ।

उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे । स्वर्ण जितेपछि स्टिपल चेजका लागि तयारी गर्दै भन्दै स्वर्ण जित्नेमा पहिले नै ढुक्क रहेको दुर्गाबहादुरले बताए । ‘स्टिपल दौडको तयारीका लागि नै दश हजार मिटर त्यागेको थिएँ,’ उनले भने ।

यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा पनि पाँच हजार मिटरमा स्वर्ण जितेका थिए । त्यसपछि दश हजार र म्याराथनमा उनी रजतमा सीमित बन्न परेको थियो । त्यसैले यसपटक उनले जित्नका लागि मात्र भाग लिएको बताए । तीन वर्षअघि आठौंमा स्वर्ण जितेपछि उनले नेपालमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् ।

दुर्गाबहादुर भारतीय सेनामा कार्यरत छन् । ‘म आफ्नो रोजीरोटीका लागि भारत गएको हुँ । त्यहाँ गएर एथ्लेटिक्समा राम्रो गर्न सफल भएँ । त्यस्तो अवसर नेपालमा भइदिएको भने सायद म भारत जान्न थिएँ होला ।’

प्रकाशित मितिः   १ कार्तिक २०७९, मंगलवार ०५:०१