प्रमुख सचेतकमा शर्मा

सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । शर्माले बिहीवार प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् । यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । शाहभन्दा अघि माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको भूमिकामा ठम्मर विष्ट थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीवार नियुक्त भएका शर्मा कर्णाली प्रदेश सरकारको पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् ।
प्रकाशित मितिः १७ भाद्र २०७९, शुक्रबार ०५:०६
साझा बिसौनी ।