खड्का सर्वसम्मत उम्मेदवार सिफारिस
सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । खड्कालाई सुर्खेत क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरिएको हो । बिहीवार बसेको कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले खड्कालाई उम्मेदवार सिफारिस गरेको कार्यसमिति सचिव मोहन रानाले बताए । उनका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिकमा नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिसमा परेको छ । सुर्खेत क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेशसभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।
यसैगरी, प्रदेश (ख) मा भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ । समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामति विक, प्रेमबहादुर विक, टोपबहादुर टंलामी मगरको नाम सिफारिस गरिएको क्षेत्रीय कार्यसमिति सचिव रानाले जनाए ।
प्रकाशित मितिः १७ भाद्र २०७९, शुक्रबार ०५:०७
साझा बिसौनी ।