महाबैमा माओवादी-एमाले गठबन्धन विजयी

कालीकोट- कालीकोटको महाबै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा माओवादी केन्द्रका युवा नेता खेमबहादुर सिंह निर्वाचित भएका छन् । उनले २ हजार २ सय ७७ मत पाए ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत पाए । कांग्रेसले एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।

उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल २ हजार २ सय ७२ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-समाजवादी गठबन्धनका उम्मेदवार सुजन शाहीले ८ सय २१ मत मात्र पाए ।

सत्ता गठबन्धनले महाबै गाउँपालिका कांग्रेसलाई दिएपछि अध्यक्षका आकांक्षी रहेका खेमबहादुर सिंहले एमालेसँग तालमेल गरेर चुनाव लडेका थिए ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार ०८:५७