गुठीचाैरमा कांग्रेस विजयी
जुम्ला : गुठीचौर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेस दानबहादुर बुढा निर्वाचित भएका हुन् । उनले १ हजार ७ सय ७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६ सय २ र नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी शान्तिकुमारी भण्डारी विजयी भएकी छिन् । उनले १ हजार ५ सय ३ मत पाइन् ।
प्रकाशित मितिः ५ जेष्ठ २०७९, बिहीबार ०९:१६
साझा बिसौनी ।