चौकुनेमा गठबन्धनको जित

सुर्खेत – चौकुने गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका खड्क बिक निर्वाचित भए । उनले पाँच हजार चार सय ७६ मत पाए । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिप्रसाद अधिकारीले तीन हजार चार सय १४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर बान्तोलाले चार हजार सात सय ९१ मत पाएर विजयी हुँदा एमालेका निर्मला मगरले तीन हजार नौ मत पाइन् ।

२०७४ को निर्वाचनमा चौकुने एमालेले जितेको थियो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार ०८:४४