खाँडाचक्रमा स्वतन्त्र उम्मेदवार शाही विजयी

कालिकोट : खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन्। उनी हाँस चिन्हमा चुनाव लडेका थिए । शाहीले दुई हजार नौ सय १९ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार जसीप्रसाद पाण्डेले दुई हजार नौ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भए । उनले दुई हजार नौ सय २६ मत पाए ।

प्रुमख जितेका शाही नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला उपाध्यक्ष हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मितिः   २ जेष्ठ २०७९, सोमबार १८:५७