भगवतिमाइमा कांग्रेस-माओवादी गठबन्धनको जित
दैलेख : जिल्लाको भगवतिमाइ गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । सोमवार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओवादी केन्द्रका गणेश थापा विजयी भए ।
उपाध्यक्षमा भने कांग्रेसका मिना थापा निर्वाचित भइन् ।
यो अघिल्लो निर्वाचनमा एमालेले जितेको पालिका हो । तर यसपटक भने पालिकाका कुनै वडा समेत एमालेले जित्न सकेन ।
प्रकाशित मितिः २ जेष्ठ २०७९, सोमबार १६:२९
साझा बिसौनी ।