कर्णालीमा गठबन्धन : आठ जिल्लामा तालमेल, दुई जिल्लामा प्रतिस्पर्धा
सुर्खेत : सत्तारुढ पाँच दलीय गठबन्धनबीच कर्णाली प्रदेशका आठ जिल्लामा चुनावी तालमेल गर्ने सहमित जुटेको छ भने दुई वटा जिल्लामा सहमति हुन सकेन । सुर्खेत र रुकुम पश्चिमबाहेक अन्य सबै जिल्लामा तालमेलका लागि भागबन्डाको टुँगो लागेको हो ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमवार विहानसम्म सुर्खेत र रुकुम पश्चिममा सहमति नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने भएको छ । सहमति भएका जिल्लामा भने तालमेल गरेरै उम्मेदवारी दर्ता गर्ने र बाँकी जिल्लामा आ-आफ्ना उम्मेदवार उठाउने गरी छलफल सकिएको नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । यद्यपि उम्मेदवारी फिर्ता लिने दिन वैशाख १६ गतेसम्म सुर्खेत र रुकुममा पनि मिलाउने प्रयास जारी रहने उनले जनाइन् ।
प्रदेश संयन्त्रले गरेको सहमतिअनुसार माओवादी केन्द्रले प्रदेशका २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ ।
नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ भने नेकपा (एकीकृत समाजवादी) ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ।
यस्तो छ भागबन्डा :
१ – डोल्पा
समाजवादी – ४ प्रमुख र ३ उपप्रमुख
माओवादी – ३ पालिकामा प्रमुख र २ उपप्रमुख ।
कांग्रेस – १ प्रमुख, ३ उपप्रमुख ।
२ – जाजरकोट
माओवादी – ३ प्रमुख, ३ उपप्रमुख
कांग्रेस – ३ प्रमुख, ३ उपप्रमुख
समाजवादी – १/१ प्रमुख तथा उपप्रमुख
३ – दैलेख
कांग्रेस – ६ प्रमुख र ५ उपप्रमुख
समाजवादी – ३ प्रमुख र २ उपप्रमुख
माओवादी – २ प्रमुख र ३ उपप्रमुख
४ – मुगु
कांग्रेस – २ प्रमुख र २ उपप्रमुख
माओवादी – १ प्रमुख, १ उपप्रमुख ।
समाजवादी – १ प्रमुख, १ उपप्रमुख
५ – हुम्ला
माओवादी- ४ प्रमुख, २ उपप्रमुख
कांग्रेस- ३ प्रमुख, २ उपप्रमुख
समाजवादी – ३ उपप्रमुख
६ – सल्यान
माओवादी- ४ प्रमुख र ५ उपप्रमुख
कांग्रेस – ४ प्रमुख र ३ उपप्रमुख
समाजवादी – २ प्रमुख र ४ उपप्रमुख
७ – जुम्ला
कांग्रेस – ४ प्रमुख, २ उपप्रमुख
माओवादी – ३ प्रमुख, ५ उपप्रमुख
समाजवादी – १ प्रमुख र १ उपप्रमुख
८ – कालीकोट
माओवादी – ५ प्रमुख र ४ उपप्रमुख
कांग्रेस – २ प्रमुख र ३ उपप्रमुख
समाजवादी – २ प्रमुख र २ उपप्रमुख
प्रकाशित मितिः १२ बैशाख २०७९, सोमबार १२:२८

साझा बिसौनी ।