एमाले जिल्ला अधिवेशन : सुर्खेतमा आज उम्मेदवारी दर्ता, भोलि मतदान
सुर्खेत – नेकपा(एमाले) सुर्खेतको नेतृत्व चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले आइतवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार मतदाता नामावली सार्वजनिक, त्यसमाथिको दाबीविरोध, अन्तिम नामावली सार्वजनिक लगायतका काम आजै हुँदैछन् ।
यस्तै उम्मेदवारको दरखास्ता दर्ता, नामावली प्रकाशन र दाबी विरोध पनि आजै हुनेछ ।
सोमवार विहान ८ बजेसम्म उम्मेदवारी फिर्ता र ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दिउँसो १ बजेदेखि मतदान हुने जनाइएको छ ।
प्रकाशित मितिः २५ पुष २०७८, आईतवार १५:०७
साझा बिसौनी ।