सल्यान बस दुर्घटना, मृतकको संख्या ११ पुग्यो
सल्यान- बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले ११ जनाको मृत्यु भएको जानकारी दिए ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतवार बिहान कपुरकोट गाउँपालिका-५ थारखोलामा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।
बसमा ३० जना सवार रहेका थिए । बस सडकदेखि दुई सय मिटर तल खोलामा खसेको थियो।
प्रकाशित मितिः २१ कार्तिक २०७८, आईतवार १३:२९
साझा बिसौनी ।