विद्यार्थीलाई वित्तीय साक्षरता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड सुर्खेत शाखाले विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसर पारेर वीरेन्द्रनगर–४ मा रहेको इन्टरनेशनल को–अपरेटिभ ऐकेडेमीका विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रममा वित्तीय संघ–संस्थाको महत्व तथा ती संस्थाले गर्ने क्रियाकलापको बारेमा जानकारी गराइएको थियो । सांग्रिला विकास बैंकले प्रवाह गरेका सेवाका बारेमा समेत विद्यार्थीलाई सु–सूचित गराइएको बैंकका प्रबन्धक सुरेन्द्र विष्टले बताए । उनका अनुसार सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकले एरिचोकमा पनि शाखा विस्तार गरेको छ ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार ०५:०१
साझा बिसौनी ।