वडामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) सुर्खेतले मंगलवार जिल्लाभरका स्थानीय तहका वडामा अधिवेशन गरेको छ । जिल्लाका नौ स्थानीय तहका ९९ वडामध्ये अधिवेशन सम्पन्न भएका अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । केही वडाहरूमा अधिवेशन सुरू भए पनि वडा कमिटी चयन गर्न बाँकी छ ।

बुधवारसम्म जिल्लाका सबै वडा तहमा कार्यसमिति बनिसक्ने एमाले सुर्खेतले जनाएको छ । जिल्लाभर सर्वसम्मत नेतृत्व छनोट हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए । ‘सबै वडामा पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भइरहेका छन्,’ शाहीले भने । एकताबद्ध एमालेको सन्देश दिनका लागि पनि तल्ला कमिटीहरूबाटै सर्वसम्मत नेतृत्व छनोटको पहल थालिएको उनको भनाइ छ ।

प्रकाशित मितिः   १० कार्तिक २०७८, बुधबार ०५:०१