एमालेको वडा अधिवेशन सुरु
सुर्खेत – देशभरका ६ हजार भन्दा धेरै वडामा एक साथ नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिवार भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन्।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत वडा अधिवेशन गरिएको हो । शनिबार देशका ६ हजार सात सय ४३ वडामा अधिवेशन भइरहेको छ ।
प्राकृतिक प्रकोप भएका केही केही वडामा भने अधिवेशन केही समयपछि हुनेछ।
एमाले आगामी कार्तिक ९ मा देशभरका सात सय ५३ पालिकाहरुको अधिवेशन पनि एकसाथ गर्दैछ ।
अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पनि एमाले देशको पहिलो शक्ति भएको बताएका छन्।
प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार १३:३३
साझा बिसौनी ।