नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरोको मनोनयनमा

pushpa-basnet

सीएनएन सुपर हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत पनि परेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको हो ।

र, यसअघि सीएनएन हिरो घोषित पाँच जना मनोनयनमा परेका छन् । यसमा नेपालकी पुष्पा बस्नेत पनि परेकी छन् । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार जितिन् ।

त्यो रकमले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाहरुलाई राख्न ‘पुतली घर‘ बनाएकी छिन् । घर निर्माण अन्तिम चरणमा पुग्दा २०७२ वैशाख १२ मा भूकम्प आयो र क्षति पुग्यो ।

तर, जर्मन च्यारिटीको सहयोगमा पुतली घर निर्माण सम्पन्न भएको छ र २०१६ फेब्रअरी ३ मा बस्नेत र उनीसँगै रहेका बालबालिकाहरु त्यहाँ सरेका छन् ।

सुपर हिरो छनौट भोटिङका आधरमा हुनेछ । फेसबुक र ट्वीटरमार्फत भोटिङ गर्न सकिने सीएनएनले जनाएको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७३, शनिबार १७:२१