तुवाँलोले हवाई उडान प्रभावित

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हवाइ उडान प्रभावित बनेको छ । आइतवार बिहानैदेखि तुवाँलोले ढाकेपछि हवाई उडान हुन नसकेको हो । मुगु, हुम्ला, जुम्ला तथा डोल्पामा सुर्खेत र नेपालगन्ज विमानस्थलबाट जहाज जान नसकेका हुन् ।

डाँडाकाँडा तुवाँलोले ढाकेपछि उडान नभएको रारा विमानस्थलस्थित तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए । ‘तुवाँलोले जहाज उडान नभएपछि यात्रु रोकिनुपर्ने अवस्था छ,’ शाहीले भने । जहाज नउड्दा रारा घुम्न आएका आन्तरिक पर्यटक जहान नउडेपछि एयरपोर्टमै बस्न बाध्य भएका छन् । कर्णालीका पर्यटकीय गन्तव्य रारालगायतमा पनि तुवाँलोले ढपक्कै ढाकेपछि भ्रमणमा गएका पर्यटक निराश भएका छन् ।

प्रकाशित मितिः   १६ चैत्र २०७७, सोमबार ०६:००