ढुङ्गाले च्याप्दा बालकको मृत्यु

काफल खान गएका बालकको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ । दैलेखको नौमूले गाउँपालिका–३ बालुवाटारका अन्दाजी १२ वर्षीय प्रकाश दर्लामी मगरको ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिवार बिहान द्वारीखोला क्षेत्रमा काफल खान गएका दर्लामीको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुङ्गा पल्टिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नौमूले र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेर बालकको शव निकालेको थियो । बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १६ चैत्र २०७७, सोमबार ०६:००