अवैध चिनियाँ मदिरा बरामद
हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट प्रहरीले अवैध चिनियाँ मदिरा बरामद गरेको छ । व्यापारिक प्रयोजनको लागि ल्याइएको एक सय १० पेटी मदिरा बरामद गरिएको हो । हुम्लाको खार्पुनाथ–५, मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरेको मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो ।
लालीका ३८ वर्षीय धीरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले जानकारी दिए । उनका अनुसार झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याएर लुकाइएको पाइएको छ । ‘मदिरा पहिले नै ल्याएर लुकाइ राखिएको रहेछ,’ उनले भने, ‘अहिले व्यापारिक प्रयोजनको लागि व्यवसायीसम्म पु¥याउँदै गर्दा थाहा भयो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार ०९:५०
साझा बिसौनी ।