थप १२ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा सोमवार थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्लामा ११ जना र अन्य प्रदेशका एक जना गरी सो संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै प्रदेशमा हालसम्म संक्रमित हुनेहरूको संख्या सात हजार चार सय ९५ पुगेको छ । सोमवार कोरोना भाइरस पुष्टि हुनेहरूमा सल्यानका सात, सुर्खेतका दुई, जुम्ला र हुम्लाका एक÷एक तथा अन्य प्रदेशका एक जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमवार नै थप १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या सात हजार दुई सय ५७ जना पुगेका छन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एक सयभन्दा कम संख्या मात्र अहिले सक्रिय संक्रमित रहेको बताए । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशका तीन जिल्ला हुम्ला, कालीकोट र रुकुम–पश्चिममा सक्रिय कोरोना संक्रमित छैनन् । हालसम्म कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका २९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १३ माघ २०७७, मंगलवार ०९:५३